१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अब कांग्रेसले नयाँ पुस्तालाई समेट्दै अघि बढ्नुपर्ने बताएका छन् ।
आज नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै डा.कोइरालाले नयाँ पुस्तालाई समेटेर अघि बढ्नु कांग्रेसका लागि अब अनिवार्य भइसकेको बताएका हुन् ।
कोइरालाले बितेको वर्ष २०८२ ले नेपाली राजनीतिमा नयाँ मोड ल्याएको उल्लेख गर्दै युवापुस्ताको सक्रियता र चेतनाले राजनीतिलाई नयाँ दिशा दिएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, सामाजिक सञ्जालदेखि सडकसम्म देखिएको युवाहरूको आवाज अब केवल विरोधमा मात्र सीमित नभई नेतृत्व र उत्तरदायित्वतर्फ उन्मुख भएको छ।
पार्टीको आन्तरिक अवस्थाबारे चर्चा गर्दै नेता कोइरालाले कांग्रेसले आफ्ना मूल्य, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
डा। कोइरालाले जनताले अब परिणाममुखी, पारदर्शी र जवाफदेही नेतृत्व चाहेको समेत बताएका छन् ।






