२ बैशाख, काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजेका लागि तय भएको छ । यो बैठक पूर्वनिर्धारित हो ।
त्यस अघि केन्द्रीय अनुशासन समिति बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो । पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिले बैठक बोलाएको हो ।





