गण्डकी प्रदेश

गण्डकीमा मन्त्रिमण्डल फेरबदल हुँदै, को-को बन्दैछन् मन्त्री ?

२ बैशाख, काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रिमण्डल फेरबदल गरिने भएको छ । नयाँ मन्त्रीहरूलाई आज मध्याह्न १२ बजे पर्यटन बोर्ड प्रादेशिक कार्यालय पोखरामा शपथ गराइने मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाहेक सबै मन्त्री फेरिँदै छन् ।हाल गण्डकीमा कांग्रेसबाट अर्थमन्त्री टकराज गुरुङ, वनमन्त्री भेषबहादुर पौडेल, सामाजिक विकासमन्त्री विन्दुकुमार थापा छन् ।

एमालेबाट भौतिकमा प्रकाशबहादुर केसी, कृषिमन्त्री पद्या जिसी श्रेष्ठ, स्वास्थ्यमन्त्री कृष्ण पाठक र पर्यटनमन्त्री मित्रलाल बस्याल छन् । उनीहरूको ठाउँमा को–को मन्त्री बन्दै छन् भन्ने खुलिनसकेको बताइएको छ ।