समाचार

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको भने यथावत

३ बैशाख, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मटिट्तेलको मूल्य समायोजन गरेको छ ।

बिहिबार मध्य रातिदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलतर्फ प्रति लिटर ३० रुपैयाँ तथा आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बृद्धि गरेको छ ।

समायोजन भएको मूल्य अनुसार डिजेल र मट्टितेलको नयाँ मूल्य प्रतिलिटर २३४५० रुपैयाँदेखि २३७ रुपैयाँसम्म पुगेको छ । काठमाडौं उपत्यकामा डिजेल अब प्रति लिटर २३७ रुपैयाँमा पाइनेछ ।

यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ तोकिएको छ । तर पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।

मूल्य समायोजनपछि डिजेलमा प्रतिलिटर ९९.१६ रुपैयाँ अझै घाटा हुने निगमको भनाइ छ।

इन्डियन आयल कर्पोरेसनले नेपालमा नयाँ खरिद मूल्यसूची पठाएपछि नेपालमा पनि हेरफेर भएको हो।