४ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसको आधिकारिकता सम्बन्धी विवादलाई सर्वोच्च अदालतले टुङ्ग्याइदिएको छ । भर्खरै सर्वोच्च अदालतले फैसला गर्दै गगन कुमार थापा नेतृत्वको नेपाली काँग्रेसले गरेको दोस्रो विशेष महाधिवेशनलाई मान्यता दिएपछि थापाले आधिकारिकता पाएका हुन् ।
निर्वाचन आयोगले फागुन २१ गतेको निर्वाचन अगाडी गगन थापा नेतृत्वको पार्टीलाई आधिकारिकता दिएको विषयमा पूर्ण बहादुर खड्काले आधिकारिकताको विषयमा सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उक्त निवेदनको फैसला शुक्रवार न्यायाधीश द्वय शारङ्गा सुवेदी र नृप ध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वका कार्यसमितिको पक्षमा फैसला गरेको हो ।
काँग्रेसका दुवै पक्षका नेताहरू सर्वोच्च अदालतको अगाडी निर्णय सुन्न बसिरहेका छन् भने अहिले शेरबहादुर देउवा पक्षका नेताहरू घरतिर हिँडेका छन् ।





