६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले जीवनको अटल सत्य मृत्यु र राज्यसत्ताको सञ्चालनबीचको गहिरो सम्बन्धलाई दार्शनिक रूपमा प्रस्तुत गरेका छन्।
उनले मृत्युको कठोरता र राज्यको जवाफदेहिताका बारेमा आफ्ना गम्भीर विचारहरू सार्वजनिक गरेका हुन् ।
नेता भण्डारीका अनुसार, जीवनमा सबैलाई मृत्युसँग डर लाग्छ किनकि मृत्यु कठोर हुन्छ। तर, यही मृत्यु अन्ततः सबैलाई समान न्याय दिने एक अटल सत्य पनि हो। उहाँले मृत्युको यो समानताको सिद्धान्तलाई राज्यसत्तासँग जोड्दै भन्नुभएको छ, ूराज्यसत्ता चलाउनेहरू कठोर हुन सक्छन्, तर मौलिक अधिकार र बाँच्न पाउने अधिकारको सुरक्षा भने सबैका लागि समान हुनुपर्छ।ूउहाँले मृत्यु र राज्य सञ्चालनको भिन्नतालाई पनि स्पष्ट पार्नुभएको छ। मानिसका दृष्टि र बुझाइमा मृत्युका निर्णयहरू पारदर्शी देखिँदैनन्, तर राज्य चलाउने मानिसहरू भने पारदर्शी, न्यायपूर्ण र जवाफदेही हुनैपर्ने उहाँको तर्क छ।नेता भण्डारीको यो भनाइले वर्तमान राजनीतिक र सामाजिक परिवेशमा गहिरो अर्थ राख्छ।
उनले नागरिकको बाँच्न पाउने अधिकार र राज्यको उत्तरदायित्वलाई मुख्य प्राथमिकतामा राखेका छन् ।
उनको यो सन्देशले राज्य सञ्चालकहरूलाई नागरिकप्रति अझ बढी जिम्मेवार र पारदर्शी हुन प्रेरित गर्ने देखिन्छ।






