११ बैशाख, काठमाडौँ, ।नेपाली कांग्रेसका सांसद डा। चन्द्र भण्डारीले देश विचौलिया र माफियाको प्रभावमा चलेको आरोप लगाएका छन् । सरकारले पनि उनीहरूकै हितमा काम गरिरहेको आरोप लगाउनुभएको छ।
विगतमा संसदमा व्यक्त उहाँको यो भनाइ अहिले पुनः सान्दर्भिक बनेको छ।
भण्डारीले देश लुट्ने र लुट्न दिनेहरू नै राष्ट्रका वास्तविक शत्रु भएको बताउँदै यस्ता गतिविधिमा संलग्न सबैमाथि निर्मम छानबिनको माग गर्नुभएको छ।
उहाँको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा हलचल मच्चाएको छ।






