समाचार

काठमाडौंबाट पोखरा जाँदै गरेको ईभी माइक्रोबस धादिङमा दुर्घटना, १२ जना घाइते

१३ वैशाख, धादिङ । काठमाडौंबाट पोखरा जाँदै गरेको विद्युतीय (ईभी) माइक्रोबस धादिङमा दुर्घटनामा परेको छ। दुर्घटनामा परी १२ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

बा १३ च २९४१ नम्बरको माइक्रोबस गजुरी गाउँपालिका–६ आदमघाट नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।