१६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले पूर्वप्रधानमन्त्रीहरूलाई लक्षित गर्दै एक महत्त्वपूर्ण फेसबुक स्टाटस सार्वजनिक गरेबा छन्।
उनले आफ्नो स्टाटसमा सुकुम्बासी समस्या, भ्रष्टाचार नियन्त्रण, सुशासन, पारदर्शिता र विधिको शासनको पालना जस्ता समसामयिक विषयहरूमा पूर्वप्रधानमन्त्रीहरूको ध्यानाकर्षण गराएका छन् ।
भण्डारीले पूर्वप्रधानमन्त्रीहरूलाई सुकुम्बासीलाई जग्गाको लालपुर्जा उपलब्ध गराउनका लागि पहल गर्न आग्रह गरे।
यो विषय नेपालमा लामो समयदेखि जटिल समस्याका रूपमा रहँदै आएको छ र यसको स्थायी समाधानका लागि राजनीतिक नेतृत्वको दृढ इच्छाशक्तिको आवश्यकतामा उनले जोड दिएका छन्।
भ्रष्टाचार र बिचौलियामाथि कडा कारबाहीको माग गर्दै नेता भण्डारीले सुशासन र पारदर्शिताको कुरालाई प्राथमिकताका साथ उठाए।
उनले देशमा व्याप्त भ्रष्टाचार र बिचौलियाको जालो तोड्नका लागि पूर्वप्रधानमन्त्रीहरूले सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
यसले आम नागरिकमा राज्यप्रतिको विश्वास बढाउन मद्दत पुग्ने उनको भनाइ छ। संसद अधिवेशन चलिरहेको अवस्थामा अध्यादेश ल्याउने सरकारी प्रवृत्तिको पनि भण्डारीले कडा शब्दमा आलोचना गरेबा छन्।
उनले संसद छँदाछँदै अध्यादेश ल्याउनु विधिको शासनको उपहास भएको र यसलाई स्पष्ट रूपमा रोक्न पूर्वप्रधानमन्त्रीहरूलाई आग्रह गरेका छन।
भण्डारीले विधिको शासनको महत्त्व बुझाउन र यसको पालनाका लागि सबैलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए।
यद्यपि, भण्डारीले आफ्नो स्टाटसमा बिचौलिया, भ्रष्टाचारी, भूमाफिया र हुकुमवासीको पक्षमा अर्थ लाग्ने गरी कुनै पनि अभिव्यक्ति नदिन पूर्वप्रधानमन्त्रीहरूलाई सचेत गराएका छन्।।
उनले सडकमा हिँड्नै गाह्रो भइसकेको भन्दै आम नागरिकले भोगिरहेका समस्याप्रति पनि ध्यानाकर्षण गराए ।






