१७ बैशाख, काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाइएपछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिक्रिया दिएका छन् । उनले उक्त कार्यलाई शुभ संकेत होइन भनेर टिप्पणी गरेका छन् ।
यो नेपाली कांग्रेस पार्टीको सम्पूर्ण एकताको अपरिहार्य आवश्यकताको ऐतिहासिक महत्त्वपूर्ण क्षणमा यो हतारको निर्णय कदापि शुभ संकेत होइन भन्ने मेरो ठम्याइ छ, खड्काले फेसबुकमा लेखेका छन् ।
सिटौलालाई सामान्य राजनीतिक शिष्टाचारसम्म नराखी पूर्वजानकारीबिनै हटाइएको पनि खड्काले उल्लेख गरेका छन् । यसले आफूलाई स्तब्ध बनाएको उनले उल्लेख गरेका छन् ।
ूनेपाली कांग्रेसको सम्पूर्ण एकताको पहल गर्नुपर्ने जिम्मेवारीमा भएकाहरूबाट हतारमा पार्टीको एक अनुभवी, अग्रज नेतालाई सामान्य राजनितिक शिष्टाचारसम्म नराखि पूर्वजानकारीबिना नै हठात हटाउने निर्णय गरियो भन्ने जानकारी पाउँदा स्तब्ध छु,खड्काले फेसबुकमा लेखेका छन् ।






