समाचार

सूचना प्रविधि अब विकल्प होइन, आधारभूत आवश्यकता हो : सञ्चार मन्त्री

१९ बैशाख, काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले सुशासन, सेवा प्रवाह र आर्थिक समृद्धिका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता बनेको बताएका छन् ।

नवौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री डा.तिमिल्सिनाले यस्तो बताएका हुन्।

“सूचना प्रविधिको विस्तारस् दिगो विकासको आधार” भन्ने मूल नाराका साथ मनाइँदै गरेको यस दिवसको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली, प्रविधि उद्यमी, स्टार्टअप समुदाय र सरोकारवालाहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

डिजिटल नेपाल निर्माणमा सरकारको तीव्रतामन्त्री डा। तिमिल्सिनाले नेपाल सरकार ुडिजिटल नेपालु को लक्ष्यलाई व्यवहारमा उतार्न प्रतिबद्ध रहेको उल्लेख गर्दै सार्वजनिक सेवालाई सरल, पारदर्शी र नागरिकमैत्री बनाउन मन्त्रालयले विशेष कार्ययोजना अघि बढाएको जानकारी दिए।

उनका अनुसार आगामी दशकलाई लक्षित गरी दीर्घकालीन सूचना प्रविधि रणनीति र डिजिटल सार्वजनिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखिएको छ।

नेपाललाई एआई र डेटा अर्थतन्त्रको क्षेत्रीय केन्द्र बनाइनेनेपाललाई प्रविधिको क्षेत्रमा विश्व मानचित्रमा स्थापित गर्ने लक्ष्यसहित सरकारले राष्ट्रिय एआई नीति र साइबर सुरक्षा नीतिलाई तीव्रता दिएको मन्त्री डा.तिमिल्सिनाको भनाइ छ।

उनले भने, नेपाललाई डिजिटल नवप्रवर्तन, डेटा अर्थतन्त्र र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न कानुनी र संस्थागत संरचनामा व्यापक सुधार गरिँदैछ।