१९ बैशाख, काठमाडौँ । रास्ट्रपति रामचन्द्र पौडेलले आज ३ वटा नयाँ अध्यादेश जारी गरेका छन्।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ ९१० अनुसार ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रवक्ता रितेशकुमार शाक्यका अनुसार जारी भएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था तथा विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन समावेश छन्।
संसद् अधिवेशन नचलेको अवस्थामा आवश्यक कानुनी व्यवस्था गर्न सरकारले अध्यादेशमार्फत प्रक्रिया अघि बढाएको बताइएको छ।






