समाचार

अब प्रधानमन्त्री कार्यालयसहित मन्त्रालय १८ वटा मात्रै

३० बैशाख , काठमाडौं । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या १७ मा झार्ने निर्णय गरेको हो ।

अब प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय हुनेछन् । यसअघि २१ मन्त्रालय थिए ।

बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाका सदस्य सुशील खड्का (बागलुङ र योगेश गौचन थकाली (मुस्ताङ)लाई मनोनयन गरेको छ ।