समाचार

पाथीभरा मन्दिरमा एक महिनामा एक करोड भेटी संकलन

१ जेठ, काठमाडौं । पूर्वको ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरमा एक महिनामा एक करोड छ लाख २८ हजार भेटी संकलन भएको छ ।

वैशाख महिनामा सो रकम बराबरको भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् । गत चैतमा ५८ लाख ५७ हजार ५०० र फागुनमा ३१ लाख १० हजार रुपैयाँ संकलन भएको थियो ।