खेलकुद

ओडिआइमा नेपालको हालसम्मकै उच्च रन: अमेरिकालाई  दियो ३१८ रनको लक्ष्य

८ जेठ, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वक लिग– २ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको हो ।

नेपालका लागि इशान पाण्डेले ८४ तथा दीपेन्द्रसिंह ऐरीले ५९, कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३ तथा कुशल भुर्तेलले २९ रन प्रहार गरे ।

यसअघि नेपालले २०२३ मा घरेलु मैदानमा ओमानविरुद्ध ३ सय १० रन बनाएको थियो।

ओडीआईमा नेपालले स्कटल्यान्डविरुद्ध ३ सय २१ रनको विशाल योगफल बनाएको थियो। ओडीआईमा नेपालले बनाएको यो नै सर्वाधिक विशाल योगफल हो। शुभम रञ्जनेले ३ विकेट लिए ।