समाचार

सार्वजनिक संस्थानको अवस्था: ४५ मध्ये २७ नाफामा, १६ नोक्सानीमा

काठमाडौं, १३ जेठ । नेपालमा आर्थिक वर्ष २०८१/८२ सम्म अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा सञ्चालनमा रहेका छन् भने १६ वटा नोक्सानीमा रहेका छन्। २ वटा संस्थान भने बन्द अवस्थामा रहेको आर्थिक सर्वेक्षण २०८२/८३ ले देखाएको छ।

सर्वेक्षण अनुसार अघिल्लो आर्थिक वर्षमा २८ संस्थान नाफामा, १५ नोक्सानीमा र २ बन्द अवस्थामा थिए।

त्यस्तै, २०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल सेयर र ऋण लगानी बढेर ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। यसमध्ये सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड रहेको उल्लेख छ।