१५ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल अस्वस्थ भएपछि गणतन्त्र दिवस २०८३ को मूल समारोहमा सहभागी हुन सकेनन् ।
सैनिकमञ्च टुँडीखेलमा आयोजित समारोहमा उनको अनुपस्थिति रहेको थियो ।
उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रचण्डलाई केही दिनदेखि स्वास्थ्य समस्या देखिएको थियो । बुधबार राति ज्वरो आएपछि चिकित्सकले आराम गर्न सुझाव दिएका कारण उनी निवासमै आराम गरिरहेका छन् ।
आचार्यले प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार आराम जारी रहेको जानकारी दिएका छन् ।





