समाचार

राजनीतिक अस्थिरताको दुश्चक्र अन्त्य भएको छ : अर्थमन्त्री वाग्ले

१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश राजनीतिक स्थिरता र आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको बताएका छन्।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्नुअघि संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक अस्थिरताको दुश्चक्र अन्त्य भएको दाबी गरे।

उनले मुलुक अहिले बृहत् आर्थिक सुधारको निर्णायक मोडमा रहेको उल्लेख गर्दै अधिकांश आर्थिक सूचकहरू सुधारोन्मुख रहेको र वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको बताए।