१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसद् बैठकबाट बाहिरिएका छन्।
संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बजेट प्रस्तुत गरिरहेका बेला साम्पाङ बैठक छाडेर बाहिरिएका हुन्।
बाहिरिँदै उनले आफ्नो अन्य महत्वपूर्ण काम भएकाले बैठक छाडेको बताएका छन्। “मेरो पार्टीका अरु साथीहरू भित्र हुनुहुन्छ। मेरो अर्को महत्वपूर्ण काम छ, त्यसैले निस्किएको हुँ,” उनले भने।





