१५ जेठ, काठमाडौं । सरकारले नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गर्ने भएको छ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो घोषणा गरेका हुन्। उनले नेपाललाई सडक बालबालिकामुक्त बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइने बताए।





