१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने लक्ष्यसहित बजेट सार्वजनिक गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मूल्यवृद्धिदर ६ प्रतिशतभन्दा तल राख्ने लक्ष्य पनि राखिएको जानकारी दिए।
सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट ल्याएको छ, जसमा चालु खर्च १२ खर्ब ७० अर्ब, पूँजीगत खर्च ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ।





