समाचार

तनहुँमा बसको ठक्करबाट ६९ वर्षीय पैदलयात्रीको ज्यान गयो

१६ जेठ, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा.१ प ९२७ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ६९ वर्षीय सम्मरबहादुर रानाभाट गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो।

उपचारकै क्रममा शनिबार दिउँसो रानाभाटको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।