आर्थिक

२ हजार १ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदछ कारोबार ?

२२ जेठ, काठमाडौं । आज पनि सुनचाँदीकै मूल्य घटेको छ। हिजो घटेको सुनचाँदीकै भाउ आज पनि घटेको हो

सुनको भाउ आज तोलाको २१ सय रुपैयाँले घटेर ३ लाख ९ हजारमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ तोलाको ३ लाख ११ हजार १ सय रुपैयाँ थियो।

गएको आइतबार तोलामा २० हजार ५ सय रुपैयाँ बढेको सुनको भाउ हिजो सुनको तोलाको ३ लाख ११ हजार १ सय रुपैयाँ थियो।

आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँ घटेर ५ हजार २३० रुपैयाँमा झरेको छ।

गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।