समाचार

कम्बोडियामा बसिरहेका ६६ नेपालीलाई तत्काल नेपाल फर्किन दूतावासको आग्रह

२४ जेठ, काठमाडौं । थाइल्यान्डस्थित नेपाली दूतावासले कम्बोडियामा भिसा अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बसिरहेका ६६ नेपाली नागरिकलाई तत्काल नेपाल फर्किन आग्रह गरेको छ।

दूतावासका अनुसार कम्बोडिया सरकारले भिसा शुल्क तथा जरिवाना मिनाहा गरी स्वदेश फर्किने सुविधा उपलब्ध गराए पनि ती नेपालीले आवश्यक चासो नदेखाएपछि सूचना जारी गरिएको हो।

दूतावासले १२ जुन २०२६ भित्र नेपाल फर्किन अनुरोध गर्दै त्यसो नगरे कम्बोडियाको नयाँ कानुन अनुसार अनुसन्धान, पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कारावाससम्मको सजाय हुन सक्ने चेतावनी दिएको छ।

परिवारजन र आफन्तलाई समेत सम्बन्धित व्यक्तिहरूलाई यथाशीघ्र स्वदेश फर्काउने व्यवस्था मिलाउन आग्रह गरिएको छ।