२४ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नयाँ उपकुलपति छनोट प्रक्रियाअन्तर्गत ५० आवेदकमध्ये १० जनाको अन्तिम अल्पसूची सार्वजनिक गरिएको छ।
अल्पसूचीमा विभिन्न विश्वविद्यालयका पूर्वउपकुलपति, त्रिविका वरिष्ठ प्राध्यापक तथा अमेरिकास्थित विश्वविद्यालयमा कार्यरत नेपाली प्राध्यापकसमेत परेका छन्। सर्टलिस्टमा पूर्वउपकुलपति अमरप्रसाद यादव, नन्दबहादुर सिंह, भोला थापासहित अमेरिकाको लुसियाना विश्वविद्यालयमा अध्यापनरत प्रा.डा. दुर्गादत्त पौडेल रहेका छन्।
सिफारिस समितिले उम्मेदवारबारे सार्वजनिक राय–सुझाव मागेको छ। प्राप्त सुझाव, सोचपत्र, रणनीतिक कार्ययोजना तथा अन्तर्वार्ताको मूल्याङ्कनपछि उपकुलपतिका लागि अन्तिम नाम सिफारिस गरिने जनाइएको छ।





