२४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्।
सामसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन्।
बैठक जेठ २५ गते बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।
उनका अनुसार बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष र सभापतिसहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको छ।
सभापति लामिछाने पाँचदिने भारत भ्रमण सकेर जेठ २२ गते स्वदेश फर्किएका हुन्।





