२५ जेठ, काठमाडौं । दक्षिणी छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन् ।
मन्त्री खनाल आगामी जेठ ३१ गते छिमेकी राष्ट्र चीनतर्फ प्रस्थान गर्ने तय भएको हो।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, भ्रमणका क्रममा मन्त्री खनालले जुन १५ र १६ तारिखमा बेइजिङमा उच्चस्तरीय औपचारिक भेटघाट गर्नेछन्। सो क्रममा उनले आफ्ना चिनियाँ समकक्षी विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० का विदेश विभाग प्रमुख लिउ हाइसिङसँग महत्त्वपूर्ण द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ।
आफ्नो चीन बसाइका क्रममा परराष्ट्रमन्त्री खनालले त्यहाँ रहेका नेपाली डायस्पोरासँग पनि अन्तरक्रिया गर्नेछन् ।
उच्चस्तरीय राजनीतिक भेटघाट र अन्य कार्यक्रमहरू सम्पन्न गरी उनि जुन १७ तारिखमा स्वदेश फर्किने कार्यतालिका रहेको छ।





