राजनीति

सर्वदलीय बैठक सुरु, श्रम संस्कृतिले बहिष्कार गर्दा को-को गए ?


२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।

केहिबेरअघि सिंहदबारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक बसेको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, लामिछानेसहित रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, नेताहरू विपीन आचार्य र दीपक बोहोरा सहभागी छन् ।

नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का तर्फबाट सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन बैठकमा सहभागी छन् ।

यस्तै, नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेत्री शाहजान खातुन, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुश्बु ओली बैठकमा सहभागी भएका छन् ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्षरसभापतिसहित दुईजनालाई सहभागी हुन आमन्त्रण गरिएको थियो । तर, कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेता बैठकमा सहभागी भएनन् । बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक ऐन महर सहभागी छन् ।

जसपा नेपालका तर्फबाट राष्ट्रियसभा सदस्य मोहम्मद खालिद पनि बैठकमा सहभागी छन् ।

विपक्षी दल श्रम संस्कृति पार्टीका तर्फबाट बैठकमा कोही पनि सहभागी भएका छैनन् ।