२५ जेठ, काठमाडौं । भारत भ्रमणबाट फर्केपछि रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
भेटमा लामिछानेले भारत भ्रमणबारे जानकारी गराएका छन् ।
शीतलनिवासमा आज दिउँसो भएको भेटमा भारतीय जनता पार्टीको निमन्त्रणामा भएको भ्रमण र भ्रमणमा भारतीय प्रधानमन्त्रीलगायतसँग भएको भेटघाट तथा कुराकानीबारे लामिछानेले जानकारी गराएका थिए ।





