राजनीति

नवीन त्रिपाठी रास्वपा गण्डकी सभापतिमा विजयी

३० जेठ, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन्।

सभापति पदमा उम्मेवादी दिएका अन्य तीन उम्मेदवारलाई पछि पार्दै त्रिपाठी विजयी भएका हुन्। रास्वपाको विधानमा सभापति निर्वाचित हुन कुल मतदानको ५१ प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ। त्रिपाठीले पहिलो चरणमै उक्त मत पाएर निर्वाचित भएका हुन्।

शुक्रबार शुरु भएको रास्वपाको पहिलो गण्डकी प्रदेश अधिवेशनमा सभापति पदका लागि मात्र ४ जनाले उम्मेदवारी दिएका थिए।

त्रिपाठीले २३४ मत पाएर निर्वाचित भएको रास्वपा गण्डकीका पूर्व महामन्त्री अशोक खड्काले जानकारी दिए।