ब्रेकिङ न्युज

किन फिर्ता भए रवि र जीबीविरुद्धका केही अभियोग ? अदालतको फैसला चर्चामा

१ असार, काठमाडौं । रुपन्देही जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने आदेश दिएको छ।

न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत राख्दै त्यसअघि थपिएका दुई अभियोग फिर्ता गर्ने निर्णय गरेको हो।

अदालतको यो आदेशसँगै रवि लामिछाने, जीबी राई, कुमार रम्तेललगायत प्रतिवादीविरुद्धका केही आरोप हटेका छन्। यसले पीडितहरूको रकम फिर्ता सुनिश्चित गर्ने प्रक्रिया तथा मिलापत्रको बाटो खुल्न सक्ने देखिएको छ।

यसअघि कास्की र पर्सा जिल्ला अदालतले पनि सहकारी ठगीबाहेकका अन्य अभियोगहरू फिर्ता लिने निर्णय गरिसकेका थिए।

हालको निर्णयसँगै सहकारी प्रकरणमा अब मुख्य रूपमा ठगीसम्बन्धी मुद्दा मात्रै बाँकी रहेको देखिएको छ।