ब्रेकिङ न्युज

अब कसैले काम  गरिदिन्छु भन्दै पैसा माग्छ ! सिधै फाेन गर्नुस् गृहको याे नम्बरमा

६ असार, काठमाडौँ । गृह मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा ढिलासुस्ती र काम छल्ने प्रवृत्ति न्यूनीकरण गर्न गृह मन्त्रालयले कल सेन्टर स्थापना गरेको छ ।

मन्त्रालयको कामलाई थप प्रभावकारी र चुस्त बनाउन गुनासो व्यवस्थापन शाखामा शुक्रबार हेलो गृह कल सेन्टर स्थापना गरिएको मन्त्रालयका प्रवक्ता (सह सचिव) आनन्द काफ्लेले  बताए ।

जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूमा कानुन अनुसार हुनुपर्ने काम नभएमा र कसैले आर्थिक मोलाहिजा गरेमा १११२ नम्बरमा फोन गर्न सकिने छ।

मन्त्रालयको कल सेन्टरको मोबाइल नम्बर ९८५१३६०६०३ मा फोन तथा ह्वाट्सएपमा म्यासेज पनि गर्न सकिने सहसचिव काफ्लेले बताए । गृह मन्त्रालयले क्युआर कोड स्क्यान गरेर पनि गुनासो दर्ता गर्न सकिने जनाएको छ । त्यस्तै इमेलमार्फत पनि उजुरी र गुनासो गर्न सकिने सहसचिव काफ्लेले जानकारी दिए।

कल सेन्टरमा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा प्रभावकारी नभएको, गुनासो सम्बोधन नभएको, प्रहरी कार्यालयमा जाहेरी दर्ता नगरेको, कहीँ कसैले काम सम्पन्न गरिदिन्छु भनेर रकम माग गरेको बारेमा गुनासो गर्न सकिने छ।

गृह मन्त्रीको सचिवालयमा कार्यरत छु भनेर कसैले धम्की दिएको भए पनि गुनासो गर्न सकिने सहसचिव काफ्लेले बताए ।