ब्रेकिङ न्युज

रातो मच्छिन्द्रनाथको भोटो हेर्न राष्ट्रपति जाने, प्रधानमन्त्री के गर्लान् ?

६ असार, ललितपुर । ऐतिहासिक रातो मच्छिन्द्रनाथको जात्राका क्रममा आज भोटो देखाउने कार्यक्रम छ।

राष्ट्रप्रमुखले भोटो हेर्नुपर्ने प्रचलन अनुसार बेलुकी साढे ५ बजे राष्ट्रपति रामचन्द्र पौडेल त्यहाँ पुग्ने भएका छन् ।

जात्रा व्यवस्थापन समितिका विकासमान श्रेष्ठका अनुसार भोटो देखाउने कार्यक्रमका लागि प्रधानमन्त्री बालेन्द्र शाह र संघीय सरकारका मन्त्रीहरु पनि बोलाइएका छन् ।

तर, हालसम्म प्रधानमन्त्री शाहको सचिवालयले उनी जाने, नजानेबारे केही टुंगो नदिएको उनले बताए ।

प्रचलनअनुसार राष्ट्रप्रमुख सरिक हुने सांस्कृतिक जात्रा–पर्वमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ ।

भोटो देखाउने कार्यक्रम जावलाखेल चोकमा आयोजना गरिने श्रेष्ठले बताए ।