ब्रेकिङ न्युज

विष्णु पौडेलको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

११ असार, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ।

आज सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश दिएको हो। सर्वोच्चले विपक्षीको माग बमोजिम किन आदेश दिनु नपर्ने हो, कुनै कारण भए जवाफ दिनु भनेको छ।

बुधबार पौडेलकी पत्नी दोमाया पौडेलले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमा पौडेललाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिहाइको माग गरिएको थियो।

रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र जिल्ला प्रहरी कार्यालय, सुर्खेतलाई विपक्षी बनाइएको थियो।

पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो