१४ असार, काठमाडौं । जेनजि आन्दोलन पछि आज पहिलो पटक ४ पूर्वप्रधानमन्त्रीहरू एउटै देखिदै छ्न ।
पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा उपस्थित हुने भएका हुन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने गरी मदन भण्डारी फाउन्डेसनले आयोजना गर्ने कार्यक्रममा चार पूर्वप्रधानमन्त्री एकसाथ अतिथिका रूपमा सहभागी हुने भएका हुन् ।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा फाउन्डेसनले अज राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीसहितको विशेष समारोहमा आयोजना गर्दै छ । जसमा उनीहरू सहभागी हुन लागेका हुन् ।
उक्त कार्यक्रममा अतिथि वक्ताको रूपमा चार पूर्वप्रधानमन्त्री उपस्थित हुने फाउन्डेसनद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । सो कार्यक्रममा जनता समाजवादी पार्टीका उपेन्द्र यादव पनि सहभागी हुनेछन्।





