समाचार

ओलिको गर्जन : हामी मरेका होइनौँ, लडेका मात्रै छौं

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरु मरेको नभइ लडेका मात्रै भएको बताएका छन् ।

मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा उनले फेरि पनि उठेर प्रतिक्रियावादीलाई पराजित गरिछोड्ने दाबी गरेका छन् ।

‘हामी विध्वंसको बाटोबाट होइन । रचनात्मक र शान्तिपूर्ण बाटोबाट अग्रगामी परिवर्तनमा पुग्नेछाँ र पश्चगामी र प्रतिगामी षड्यन्त्रलाई पराजित गर्नेछौँ,’ उनले भने, ‘फेरि धुलो टकटक्याउँदै उठ्नेछौँ र हामी विजयी हुनेछौँ ।’

एमाले अध्यक्ष ओलीले लोकतान्त्रिक शक्तिहरूलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताए । उनले नेपाली कांग्रेसलाई फुटाइछोडेको बताउँदै आफ्नो दल एमाले भने एकढिक्का रहेको जिकिर गरे ।

उनले मुस्किलले एकता गरे पनि चम्किएर फुट्ने गरको स्मरण गरेका छन् । एमालेलाई पनि बाहिरबाट फुटाउने प्रयास भइरहेको बताउँदै उनले त्यसबाट सतर्क भएको जानकारी दिए ।