कृषि

कालिमाटीमा आज कुन तरकारी तथा फलफुलकाे मुल्य कति ?

१६ असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असार १६)का निम्ति कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो २०, आलु रातो (लाम्चो) प्रतिकिलो ४०, आलु रातो (गोलो) प्रतिकिलो ३५, आलु रातो (मुढे) प्रतिकिलो ३५, आलु रातो (भारतीय) प्रतिकिलो ३०, सेतो आलु प्रतिकिलो ३०, प्याज सुकेको (भारतीय)को मूल्य प्रतिकिलो ५५ रुपैयाँ तोकेको छ ।

गाजर (लोकल) प्रतिकिलो १००, बन्दा (लोकल) प्रतिकिलो ६०, काउली स्थानीय प्रतिकिलो ९०, रातो मूला प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो २०, भन्टा डल्लोको मूल्य प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ ।

nabil
समितिका अनुसार, बोडी (तने) प्रतिकिलो ३५, मकैबोडी प्रतिकिलो ५०, मटरकोसा प्रतिकिलो १३०, घिउसिमी (लोकल) प्रतिकिलो ७०, घिउसिमी (हाइब्रिड) प्रतिकिलो ६०, घिउसिमी (राजमा) प्रतिकिलो ८०, टाटेसिमी प्रतिकिलो ५०, भटमास कोसा प्रतिकिलो १००, तितेकरेला प्रतिकिलो ३०, लौका प्रतिकिलो ४०, परबर (लोकल) प्रतिकिलो ३५, परबर (तराई) प्रतिकिलो ३०, चिचिन्डो प्रतिकिलो ३०, घिरौँला प्रतिकिलो ४०, झिगुनी प्रतिकिलो ५०, फर्सी पाकेको प्रतिकिलो ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५, भिन्डी प्रतिकिलो ३०, सखरखण्ड प्रतिकिलो १२० र पिँडालु प्रतिकिलो १००, इस्कुसको मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकिएको छ ।

रायोसाग प्रतिकिलो ४०, पालुंगो प्रतिकिलो ६०, चमसुरको साग प्रतिकिलो ६०, तोरीको साग प्रतिकिलो ५०, हरियो प्याज प्रतिकिलो १५०, च्याउ (कन्य) प्रतिकिलो २८०, च्याउ (डल्ले) प्रतिकिलो ४८०, राजा च्याउ प्रतिकिलो ३००, सिताके च्याउको मूल्य प्रतिकिलो एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो ३००, निगुरो प्रतिकिलो १००, ब्रोकाउली प्रतिकिलो ७०, चुकन्दर प्रतिकिलो ९०, सजीवन प्रतिकिलो २५०, रातो बन्दा प्रतिकिलो ५०, जिरीको साग प्रतिकिलो ९०, सेलरी प्रतिकिलो १६०, पार्सले प्रतिकिलो ३५०, सौफको साग प्रतिकिलो ६०, पुदिना प्रतिकिलो २००, गान्टेमूला प्रतिकिलो ६०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १६०, तोफु प्रतिकिलो १६०, गुन्द्रुकको मूल्य प्रतिकिलो ३५० रुपैयाँ कायम गरिएको छ ।

समितिले स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (नेपाली) दर्जनको २५०, केरा (मालभोग) दर्जनको २५०, कागती प्रतिकिलो २००, अनार प्रतिकिलो ४५०, आँप (मालदह) प्रतिकिलो ११०, आँप (दशहरी) प्रतिकिलो १२०, तरबुजा (हरियो) प्रतिकिलो ६०, जुनार प्रतिकिलो २३०, भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकिलो ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो ६०, रुखकटहर प्रतिकिलो ५०, नासपाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ९०, मेवा (भारतीय) प्रतिकिलो १३०, लिची (लोकल) प्रतिकिलो २००, लिची (भारतीय)को मूल्य प्रतिकिलो ३०० रुपैयाँ तोकेको छ ।

नरिवल (काँचो) प्रतिकिलो ८०, नरिवल (हरियो) प्रतिकिलो १७०, अदुवा प्रतिकिलो १८०, सुकेको खुर्सानी प्रतिकिलो ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो ३५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ३०, माछे खुर्सानी प्रतिकिलो ५०, अकबरे प्रतिकिलो ३००, भेडेखुर्सानी प्रतिकिलो ८०, हरियो लसुन प्रतिकिलो २००, हरियो धनियाँ प्रतिकिलो १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो १८०, माछा सुकेको प्रतिकिलो एक हजार, ताजा माछा (रहु) प्रतिकिलो ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो ३०० र ताजा माछा (छडी)को मूल्य प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।