ब्रेकिङ न्युज

काठमाडौंमा अर्को दुःखद घटना : आत्मदाह प्रयास गरेका ४५ वर्षीय राउतको निधन

२७ असार, काठमाडौं ।  काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ। शनिबार बिहान आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएका राउतलाई स्थानीय र प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याएका थिए। सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिए पनि उनको ज्यान बचाउन चिकित्सक सफल हुन सकेनन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार राउतको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो। उनी श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए।

प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ। राउतले किन यस्तो चरम कदम चाले भन्ने कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीको भनाइ छ।