ब्रेकिङ न्युज

आज देशभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द

१२ साउन, काठमाडौं । नेपाल चिकित्सक संघले आज आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले गरेको दमनको विरोधमा देशभरीका सम्पूर्ण अस्पतालमा आकस्मिक सेवाबाहेक सबै बन्द गर्ने घोषणा गरेको हो ।

उनीहरुले नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीलाई कानुन बमोजिम कारवाही गर्न माग गरेका छन्।

कारबाहीको माग गरिरहेको अवस्थामा प्रहरी परिचालन गरि गालीगलौज गरी दुर्व्यवहार गरिएकोले चिकित्सकहरूको मानमर्दन गर्ने कार्यमा संलग्न पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समेत कारबाही गर्नुपर्ने नेपाल चिकित्सक संघको माग छ।


‘मिति २०८३ साउन ०९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्न माग गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालय, पर्सामा वार्ताको क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा त्यहाँका प्रहरी प्रमुखद्वारा प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्यज्यु र संघको नारायणी शाखाका अध्यक्षज्यु लगायतका चिकित्सकहरुमाथि गालीगलौज गरी दुर्व्यवहार गरिएको घटनाको नेपाल चिकित्सक संघ घोर भत्सर्ना गर्दछ।’ विज्ञप्तिमा भनिएको छ, ‘टाउकोमा गम्भीर चोट लागि घाइते भएका चिकित्सक डा। प्रमोद राम लगायत अन्य चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि सांघातिक आक्रमण गर्ने कार्यमा संलग्न दोषीहरुलाई अविलम्ब पक्राउ गरी ूस्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन, २०६६ ९पहिलो संशोधन, २०७९०ू बमोजिम कडा कारवाही गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ । साथै चिकित्सकहरुको मानमर्दन गर्ने कार्यमा संलग्न पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समेत कारवाही गर्न माग गर्दछौँ ।’

उनीहरुले आन्दोलनमा साथ दिन सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार लगायात आम नागरिकलाई आग्रह गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि राज्यले गरेको दमनको विरोध स्वरुप मिति २०८३-०४-१२ गते मंगलबारका दिन देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्दछौं । साथै आन्दोलनका थप कार्यक्रम भोलिको सर्वपक्षीय भेलापछि तय गर्नेछौं । संघको यस आन्दोलनमा साथ दिन सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार लगायात आम नागरिकलाई आग्रह गर्दछौं । साथै यस आन्दोलनबाट बिरामीहरुमा पर्न जाने असुविधाको लागि क्षमा माग्दै यसको जिम्मेवार नेपाल सरकार स्वयं रहेको व्यहोरा समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं ।