समाचार

तीन टुक्रा पारेर बोरमामा प्याक गरेको शव बरामद

विराटनगर । विराटनगर–१३ शान्तिचौकस्थित एक घरमा आज टुक्रा पारेर बोरामा राखिएको एक युवकको शव फेला परेको छ।

धारिलो हतियारले तीन टुक्रा पारेर बोरामा राखेको अवस्थामा शव बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शव पहिचान हुन नसकेको र घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेकाले थप जानकारी तत्काल गराउन नमिल्ने प्रहरीले जनाएको छ।

स्थानीय व्यक्तिको घरमा भाडा लिएर बसेका चार युवकमध्ये एक जनाको हत्या भएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन्। रासस