समाचार

प्रधान सेनापति क्षत्री फिलिपिन्स तथा दक्षिण कोरियाको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

सुर्यखबर सँबाददाता,

काठ्माण्डौ । दश दिने मित्रराष्ट्र फिलिपिन्स तथा दक्षिण कोरिया भ्रमण सम्पन्न गरी प्रधान सेनापति राजेन्द्र क्षत्री आईतबार साँझ स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सोनाले जनाएको छ ।
बिभिन्न कार्यक्रममा भाग लिई, उक्त भ्रमणको क्रममा क्षत्रीले मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्डका कमाण्डर, मित्रराष्ट्र फिलिपिन्स, जापान, थाईल्याण्ड, सिंगापुर र ब्रुनाइका सेनाध्यक्ष तथा बेलायत र न्युजील्याण्डका समकक्षीहरुसँग छुट्टाछुट्टै भेटवार्ता समेतगरेका थिए ।

उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमण तथा भेटघाटबाट आगामी दिनमा हुने सहयोग र सहकार्यका क्षेत्रलाई विस्तार गर्न थप मद्धत पुग्ने मात्र नभई नेपाली सेना र मित्रराष्ट्रका सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध तथा द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको कुरा सोनाको बिज्ञप्तीमा उल्लेख छ ।