अन्तर्राष्ट्रिय

सिरियामा युद्धविराम सुरु

एजेन्सी– सिरियामा अमेरिका र रुसको सहमतिमा युद्धविराम सुरु भएको छ । सोमबारको सुर्यास्त पछि त्यहाँ युद्धविराम सुरु भएको हो ।
यद्यपि, सिरियाका राष्ट्रपति असदले युद्धविराम लागू हुनु केही घण्टा अघि विद्रोही समुहहरुबाट समग्र देशको नियन्त्रण फिर्ता लिन प्रतिबद्धता व्यक्त गरेपछि लागू हुने सुनिश्चतता खोजिरहेका विद्रोही गुटहरुलाई केही झस्काउने समेत आंकलन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

सिरियाको मुख्य विपक्षी समूहले संयुक्त राज्य अमेरिकालाई कुन, कुन विद्रोही समूहहरुलाई आतंकवादी भनिएको हो र निशाना बनाइने हो त्यसबारे स्पष्ट पार्न भनेको छ। यस्तै मुख्य विवादका विषयहरु स्पष्ट हुनासाथ युद्धविराममार्फत द्धन्द्धको समाधान गर्न दुवै पक्ष मन्जुर हुँदै गएका सञ्चारमाध्यामहरुले जनाएका छन् ।