पु.समाचार

गायक बर्देवाको शब श्रद्धान्जलीपछि आजै दाहसँस्कार गरिने

तुलसा खनाल

काठमाडौं । मंगलबार साँझ निधन भएका गायक तथा संगीतकार सुनील बर्देवाको शब आज बुधबार श्रद्धान्जलीका लागी प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिने जनाईएको छ । पारिवारीक श्रोतका अनुसार कलेजोको रागबाट पीडीत सुनील बर्देवाको शब दाहसँस्कारका लागी आजै पशुपती आर्यघाट लगिने छ ।

गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा, जब म जस्ता चर्चित नेपाली गीतहरु नेपालीसामु दिएर बर्देवा यस लोकबाट महाराजगञ्ज स्थीति शिक्षण अस्पतालबाट बिदा भएका छन् ।

पप गीतहरुमा संगीत संयोजन गर्ने उनी गीत समेत लेख्थे । बर्देवाका ‘जब म’, ‘मेरो गितार’, ‘बेस्ट अफ सुनील बर्देवा’लगायतका गीति एल्बम निस्किएका छन् । एक छोरा र एक छोरी रहेका उनको श्रीमतीको केही वर्षअघि नै निधन भइसकेको छ ।

बर्देवाको पार्थिक शरीरलाई श्रदाञ्जलीकालागि बुधबार बिहान नेपाल प्रज्ञा(प्रतिष्ठान कमलादीमाराखिने जनाइएको छ । उनको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।