पु.समाचार

प्रचण्डलेनै दिए यो महत्वपूर्ण आयोजना भारतलाई दिन निर्देशन !

काठमाडौं । नेपालका आकर्षक र टूला जलविद्युत अयोजना वर्षौसम्म ओगट्दै आएको भारतलाई पुनः अर्को त्यस्तै आकर्षक र रणनीतिक महत्व भएको आयोजना सुम्पने तयारी भएको छ ।

कुनै विवादित र गोप्य सन्धिसम्झौता नगर्ने भनी सार्वजनिक प्रतिवद्धता व्यक्त गर्दै आएका प्रधानमन्त्री प्रचण्डले नै भारतलाई एउटा आयोजना दिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

सरकारले बास्केटमा राखी आफै अध्ययन गरिरहेको संखुवासभामा पर्ने तल्लो अरुण (४०० मेगावाट) जलविद्युत आयोजना भारतलाई दिन प्रधानमन्त्रीबाट निर्देशन आएपछि परराष्ट्रले उर्जा मन्त्रालयसस्ँग उक्त आयोजनाको विस्तृत विवरण माग गरेको छ ।

arun

परराष्ट्र सचिव शंकरदास बैरागीले उर्जाका पदाधिकारीसँग ‘प्रधानमन्त्रीज्यूले जसरी भए पनि दिनैपर्यो ‘ भन्दै तल्लो अरुणको विवरण माग नर्ग उर्जासचिव अनुपकुमार उपाध्यायलाई मौखिक आग्रह गरेको भन्दै बिहीबारको अन्नपूणपोष्टमा समाचार लेखिएको छ ।