समाचार

न्यूयोर्क घटनामा काँग्रेस सभापती देउवाद्वारा दुःख ब्यक्त

सुर्यखबर सँबाददाता,
काठ्माण्डौ । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले न्यूयोर्क घटनामा दुःख ब्यक्त गर्दै हार्दिक समबेदना प्रकट गरेका छन् । अमेरिकाको न्यूर्योक सहरमा गए राति अज्ञात समूहले राखेको बम विष्फोट हुँदा २९ जना घाइते भएको घटनाले सम्पूर्ण विश्वलाई नै शोक विह्वल र स्तब्ध बनाएको छ । यस घटनाप्रति म गहिरो दुःख व्यक्त गर्दछु । सभापती देउवाले बिज्ञप्ती मार्फत भनेका छन् ।

विश्वको जुनसुकै कुनामा हुने मानवता विरुद्धका यस्ता आतङ्ककारी घटनाको नेपाली कांग्रेस सदैव घोर निन्दा र भत्सना गर्दछ । आतङ्कवाद सदाका लागि अन्त्य गरिनु पर्दछ भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहँदै आएको छ ।

यस दुःखद क्षणमा अमेरिकी सरकार मार्फत म र मेरो पार्टीको तर्फबाट सहानुभूति प्रकट गर्दछु । साथै, धैर्यताका साथ अगाडि बढ्न आग्रह गर्दछु, देउवाको बिज्ञप्तीमा उल्लेख छ ।

घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।