कृषि

कालिमाटीमा आज कुन तरकारी तथा फलफूलकाे मुल्य कति रुपैयाँ ?

११ असार, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज कालीमाटीमा गोलभेँडाको भाउ सबैभन्दा कम रहेको छ ।

यो दिन सानो लोकल गोलभेँडाको औसत मूल्य प्रतिकेजी ९ रुपैयाँ ६० पैसा तोकिएको हो । त्यस्तै, टनेल गोलभेँडाको भाउ प्रतिकेजी १५ रुपैयाँ ८० पैसा तोकिएको छ भने सबैभन्दा महँगो सिताके च्याउ र सुकेको माछा प्रतिकेजी ९०० रुपैयँ कायम गरिएको छ ।

यसैगरी, सतो हाइब्रीड मूलाको भाउ प्रतिकेजी १८ रुपैयाँ २५ पैसा, लाम्चो भन्टा १७ रुपैयाँ, रातो आलु (लाम्चो) प्रतिकेजी ३६ रुपैयाँ, रातो आलु (गोलो) ३३ रुपैयाँ, मुडेको रातो आलु ३४ रुपैयाँ, भारतीय रातो आलु र सेतो आलु २९ रुपैयाँ तोकिएको छ ।

यसैगरी, ठुलो नेपाली गोलभेँडाको भाउ प्रतिकेजी ५३ रुपैयाँ ७५ पैसा, सुकेको प्याज प्रतिकेजी ५१ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, लोकल बन्दा ५३ रुपैयाँ ७५ पैसा, स्थानीय काउली ११३ रुपैयाँ, रातो मूला २७ रुपैयाँ ६७ पैसा, डल्लो भन्टा २७ रुपैयाँ, तने बोडी २५ रुपैयाँ, मकै बोडी ४३ रुपैयाँ ७५ पैसा, मटरकोशा १९० रुपैयाँ, लोकल घिउ सिमी ५० रुपैयाँ, हाइब्रीड घिउ सिमी प्रतिकेजी ५१ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।

यसैगरी घिउ सिमी (राजमा)को भाउ प्रतिकेजी ८० रुपैयाँ, टाटे सिमी ५३ रुपैयाँ ७५ पैसा, भटमासकोशा ९० रुपैयाँ, तितो करेला ३५ रुपैयाँ, लौका ४५ रुपैयाँ, डल्लो फर्सी, परवर, घिरौला, स्कुस र रायोको साग प्रतिकेजी ३५ रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ, झिगूनी, हरियो लाम्चो फर्सी र तोरीको साग प्रतिकेजी ४५ रुपैयाँ, भिण्डी २५ रुपैइाँ, सखरखण्ड ११० रुपैयाँ, पिंडालू ९५ रुपैयाँ, पालूगो साग र चमसूरको साग ५५ रुपैयाँ, हरियो प्याज १३० रुपैयाँ, कन्य च्याउ २३७ रुपैयाँ ५० पैसा, डल्ले च्याउ ४२० रुपैयाँ, राजा च्याउ २९० रुपैयाँ, कुरीलो २७६ रुपैयाँ, न्यूरो ९५ रुपैयाँ, चुकुन्दर ६५ रुपैयाँ, सजिवन २२६ रुपैयाँ ६७ पैसा, जिरीको साग ९० रुपैयाँ, सेलरी १४५ रुपैयाँ, पार्सले ३२६ रुपैयाँ ६७ पैसा, सौफको साग ६५ रुपैयाँ र पुदीना १९० रुपैयाँ तोकिएको छ ।