अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा क्युबामा ५ दशकपछि राजदूत नियुक्त

अमेरिका । अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबार ५० वर्षपछि पहिलो पटक क्युबाका लागि राजदूत नियुक्त गरेका छन्।
राष्ट्रपति ओबामाले जेफ्री डेलौरेन्ट्सलाई क्युबाका लागि राजदूत नियुक्त गरेकोमा आफूलाई गौरव लागेको विज्ञप्तिमार्फत् जनाएका छन्।
जेफ्रिले क्युबामा पुगेर निकै महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल्ने ओबामाको विश्वास छ।

राजदूतको नियुक्तिपछि पूर्वप्रतिद्वन्द्वी अमेरिका र क्युबाबीचको सम्वन्धमा सुधारआई सामान्य अवस्थामा पुग्ने उनको अपेक्षा छ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा राष्ट्रपति ओबामाले जेफ्रिलाई कुटनीतिक क्षेत्रमा राम्रो दख्खल भएका अनुभवी व्यक्तित्वका रुपमा प्रशंसा गरेका थिए।

झन्डै पाँच दशकदेखिको दुई पक्षीय द्वन्द्व अन्त्य गर्दै गत सन् २०१५ को जुलाइमा अमेरिका र क्युवावीचको कुटनीतिक सम्वन्ध पुनःआरम्भ गरिएको थियो। रासस/सिन्ह्वा