समाचार

प्रहरीले दबाब सहदैन : महानिरीक्षक अर्याल

भीमदत्तनगर । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक दबाबमा प्रहरीले काम गर्न नहुने बताएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा आज आयोजित शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने, ‘दबाबभन्दा पनि न्याय र तथ्यका आधारमा प्रहरीले काम गर्नुपर्छ।’

महानिरीक्षक अर्यालले ’राजनीतिक दबाब आए पनि त्यसलाई सुन्ने हो तर काम भन्ने न्याय र तथ्यका आधारमा कानुनको परिधिभित्र बसेर गर्नुपर्छ’ भने।।

कञ्चनपुरलगायत यहाँका सीमाक्षेत्रको समस्याका विषयमा पनि आफ्नो तहबाट हुने पहल गर्ने जनाउँदै उनले अपराध नियन्त्रणमा प्रहरी सक्रिय भएर लागेको बताए। रासस