पु.समाचार

चिनियाँ राष्ट्रपतिले राखे नेपाल सरकारसँग यस्तो प्रस्ताव

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणका लागि अनौठो र नयाँ प्रस्ताव पठाएका छन् । राष्ट्रपति सीले नेपालीहरुको महान पर्व दसैंमा काठमाडौं आउने इच्छा व्यक्त गरेका हुन् ।

राष्ट्रपति सीले आगामी असोज २२, २३ र २४ गते (अक्टुबर ८, ९ वा १०) मध्ये एक दिन नेपाल भ्रमण गर्ने प्रस्ताव नेपाल सरकारसमक्ष पठाएको भन्दै शुक्रबारको अन्नपूर्ण पोष्टमा समाचार लेखिएको छ ।

हिन्दुहरुको महान पर्व बडादशैं यो वर्ष असोज २२ गते फुलपाती, २३ गते महाअष्टमी र २४ गते महानवमी परेको छ ।

भारतको गोवामा हुने चीन, भारत, रुस, ब्राजिल र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्सको शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा राष्ट्रपति सीले नेपाल भ्रमण गर्न सक्ने बताइएको छ ।

भारतको गोवास्थित पणजीमा असोज २८ र २९ गते ब्रिक्स सम्मेलन हुँदैछ । पहिले ब्रिक्स सम्मेलनपछि चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्ने भन्ने थियो, अहिले ब्रिक्स सम्मेलन पहिले नै नेपाल भ्रमण गर्ने प्रस्ताव आएको छ,’ एक मन्त्रीले बिहीबार भने ।

ती मन्त्रीका अनुसार चिनियाँ अधिकारीहले आफ्ना राष्ट्रपतिको भ्रमणको मिति प्रस्ताव गरेपछि सरकारले बिहीबार चीनका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लीलामणि पौडेललाई र भारतका लागि नेपाली राजदूतमा दीपकुमार उपाध्ययलाई पठाइने निर्णय गरेको छ ।
नेपालमा दुई दशकपछि चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको हो ।