नेपालगञ्ज । बिहीबार केही मानिसहरु एक्कासि नेपालगञ्जको वीरेन्द्र चोकमा झुम्मिए । उनीहरुले लगाएका टिसर्टहरुमा म राष्ट्रवादी हुँ भन्ने शव्द लेखिएको थियो । करिब १० वर्षअघि जनआन्दोलन पछि हटाइएको तत्कालीन राजा स्व.वीरन्द्र शालिक उनीहरुले फेरि त्यही पुनःस्थापना गरे ।
शालिक राखेपछि एक्कासि झडप भएको थियो । स्वर्गीय राजा वीरेन्द्रको शालिक गाडेर उक्त समुह हिडेको २४ घण्टा पनि नबित्दै प्रहरीले फेरि शालिक हटाइदिएको छ ।
बिहीबार मध्यरातमा प्रहरीले शालिक हटाएको बताइएको छ । शालिक हटाए लगत्तै स्थानीय प्रशासनले त्यहाँ प्रहरी परिचालन गरेको जनाइएको छ ।